कांग्रेस पदाधिकारी बैठकको निर्णय– कोरोनाको महामारीसँग लड्न सरकारलाई सघाउने « Khabarhub

कांग्रेस पदाधिकारी बैठकको निर्णय– कोरोनाको महामारीसँग लड्न सरकारलाई सघाउने


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संकट समाधानका लागि सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

मंगलबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको उपत्याकामा उपलब्ध पदाधिकारीहरुको बैठकले सरकारमा नरहे पनि संकटको बेला सँगै लड्न सरकारलाई सहयोग गर्ने निर्णय गरेको हो । कोरोनाको महामारीसँग लड्न सरकारलाई पर्याप्त समय भए पनि आवश्यक तयारी गर्न नसकेको निष्कर्ष समेत कांग्रेसले निकालेको छ ।

बैठकले कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा व्यापक रुपमा परीक्षणको दायरा बढाएर जान समेत सरकारलाई आग्रह गरेको छ । त्यस्तै बैठकले पीपीई, भेन्टिलेटर, परीक्षण किट लगायतका सामग्रीको छिटो व्यवस्था गर्न समेत आग्रह गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीको तर्फबाट सरकारलाई सम्पूर्ण रुपले घचघच्याउने तथा सरकारले परिक्षणको दायरा व्यापक रुपमा बर्ढाएर जानुपर्ने आवश्यकता बैठकले महसुस गरेको छ । सरकारलाई त्यसका लागि अपिल गरेको छ । पीपीई, परीक्षण किट, भेन्टिलेटर जस्ता अत्यावश्यक सामग्रीहरुको अप्रयाप्तता जे छ त्यसलाई चाँडोभन्दा चाँडो सरकारले जुन प्रक्रियाले हुन्छ व्यवस्थापन गर्नलाई आजको बैठकले अपिल गरेको छ ।’

स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु सरकारले उपलब्ध गराउनुपर्ने र स्वास्थ्यकर्मीहरुलाई पनि मानवीय भावनाले काम गर्न बैठकले आग्रह गरेको प्रवक्ता शर्माले बताए । सरकारले खरिद गरेको स्वास्थ्य सामग्रीमा भएको अनियमितता र भ्रष्टाचारको विषयमाथि छानबिन गर्न समेत बैठकले माग गरेको छ ।

‘पीपीई, परिक्षण किट लगायतका सामग्री ल्याउन ढिलो गर्ने र बजार मूल्य भन्दा बढी रकम खर्च गरेर राज्य कोषमा भ्रष्टाचार भएको कांग्रेसको ठहर छ,’ शर्माले भने, ‘स्वास्थ्य सामग्री खरिदमा भएको जे अनियमितता छ, जे भ्रष्टाचार छ, त्यसलाई छानबिन गर्ने र कारबाही गर्ने भन्ने कुरा पनि नेपाली कांग्रेस पार्टीले सरकारलाई, सम्बन्धित निकायलाई अपिल गर्ने भन्ने पनि निर्णय गरेका छौं । सँगसँगै यहाँ दोहोर्‍याउन चाहन्छु सरकारबाट हुने यस बीचमा कुनैपनि अनियमिततामा औंला ठड्याउने तर फेरि पनि सबैलाई सरकारलाई सम्पूर्ण रुपले साथ दिएर हरसम्भव रुपमा प्रतिपक्षले सघाउने र हर नागरिकले सरकारले निर्माण गरेका रणनीतिहरुलाई, सम्बन्धित निकायले बनाएका रणनीतिहरुलाई साथ दिएर संकटमा सबै एकठाउँ उभिने भन्ने निर्णय पनि यो बैठकले गरेको छ ।’

कांग्रेसले देशभन्दा बाहिर रहेर अप्ठेरोमा परेका नेपालीहरुलाई व्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरी उद्दार गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ । कांग्रेसले कोरोना भाइरसका विषयमा पार्टीले गर्नुपर्ने कार्यमा सुझाव लिन विज्ञ समुह गठन गर्ने निर्णय समेत गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य, संघीय सांसद, गाउँनगर क्षेत्रमा निर्वाचित भएका र उम्मेदवार भएकाहरु, पार्टीको जिल्ला कार्य समितिको नेतृत्व देखि टोल सम्मको नेतृत्वमा रहेका सबैलाई आ–आफ्नो ठाउँबाट उच्च मानविय भावनाका साथ काम गर्न समेत कांग्रेसले निर्देशन दिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ३ : ३७ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००