स्पेनमा एकै दिन थपिए ३ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित « Khabarhub

स्पेनमा एकै दिन थपिए ३ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा एकै दिन ३ हजार १२१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

संक्रमितको संख्या घट्दो क्रममा रहेको स्पनेमा फेरि ३ हजारभन्दा बढी संक्रमित देखिएका हुन् ।

योसँगै त्यहाँ संक्रमित हुनेको कुल संख्या २ लाख ५३ हजार ६८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसले त्यहाँ २४४ जनाको मृत्यु भएको छ । कुल मृतकको संख्या २५ हजार ८५७ पुगेको छ ।

यसअघि स्पेनमा मंगलबार १८५ जनाको मृत्यु भएको थियो भने २ हजार २६० जना नयाँ संक्रमित थपिएका थिए । १ लाख ५९ हजार ३५९ जना उपचारपछि निको भएका छन् ।

६८ हजार ४६६ जना उपचाररत छन् । त्यसमध्ये २ हजार ७७ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ६ : ५६ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड