विश्व शान्तिको कामनासहित आज घर-घरमा दिपावली गर्न आग्रह | Khabarhub Khabarhub

विश्व शान्तिको कामनासहित आज घर-घरमा दिपावली गर्न आग्रह


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज २५६४ औँ बुद्धजयन्तीका अवसर पारेर घर-घरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन्।

विश्व शान्तिको कामनासहित बुद्ध जयन्तीका अवसरमा विहीबार साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गर्नुभएकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

कोरोना महामारीका कारण आज बुद्ध जन्मस्थल लुम्बिनीमा पनि औपचारिक कार्यक्रम स्थगित गरी दीप प्रज्वलन गरिने भएको छ । लुम्बिनी विकाष कोषले हिजोबाट तीन दिन सामाजिक दूरी कायम गरी दीप प्रज्वलन गर्ने कार्यक्रम राखिएको जनाएको छ ।

हिजो मायादेवी मन्दिर परिसरमा विहारका भिक्षुहरुले दिप प्रज्वलन गरेका थिए ।

लुम्बिनी विकास कोषका पदाधिकारी, विहारका भिक्षु, लगायतको सहमागीतामा आज पनि दीप प्रज्वलन गर्ने कार्यक्रम राखिएको छ ।

सरकारले बुद्ध जयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी बुद्धजयन्ती (वैशाख पूर्णिमा/चण्डी पूर्णिमा) परेकाले उक्त दिन मुलुकभर सबैलाई लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ८ : ०९ बजे

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल

विशेष बाल अदालत आवश्यक : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ  : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे

सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

सुर्खेत– सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर(७, स्थित मालपोत