तरकारी र दूध किसानलाई समय तालिका « Khabarhub

तरकारी र दूध किसानलाई समय तालिका


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- भारतसँग सिमाना जोडिएको बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमित भेटिएपछि दैलेख जिल्लाका सबै नाका सिल गरी उच्च सतर्कता अपनाइएको छ ।

जिल्लाका दूध र तरकारी बेच्न किसानलाई सामाजिक दूरी कायम गर्दै बिहान ६ देखि ८ बजेसम्मको समय तोकिएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले सुरक्षा समितिको बैठक बसी सबै नाका सिल गरी संयुक्त सुरक्षाकर्मी परिचालन गर्ने भए पनि तरकारी र दूध किसानका लागि र प्रयोगकर्ताका लागि सामाजिक दूरी कायम गर्दै बिहान दुई घण्टाको समय निर्धारण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले दैलेख सदरमुकाममा तरकारी र दूध नगरभित्रका किसानले ल्याउने हुँदा उनीहरुको परिश्रम खेर जान नदिन र आम नागरिकलाई अति आवश्यक पर्ने भएकाले समय तालिका निर्धारण गरी सहजता ल्याइएको जानकारी दिए ।

तरकारी किसानका लागि जिल्लाभरि नै सामाजिक दूरी कायम गरी बिक्री वितरण गर्न सकिने पनि परिपत्र स्थानीय सरकारमार्फत जानकारी गराइएको छ ।

किसानलाई उनीहरूले उत्पादन गरेको तरकारी र दूध बिक्री गर्ने वातावरण मिलाएको प्रति किसान खुशी भएका छन् । किसानको उत्पादित तरकारी र दूध बिक्री गर्न नपाएमा उनीहरूको परिश्रम खेर जाने र उनीहरूको दैनिकीमा पनि समस्या आउने हुँदा स्थानीय प्रशासनको यो निर्णयबाट निकै खुशी भएका हुन् ।

अखिल नेपाल किसान सङ्घ दैलेखका अध्यक्ष चन्द्रबहादुर थापाले स्थानीय प्रशासनले किसानको मर्म बुझेर यो निर्णय गर्दा निकै खुशी लागेको बताए ।

सदरमुकाम रहेको नारायण नगरपालिका मात्र दैनिक लाखौँको तरकारी र दूध उत्पादन हुने र किसानको कृषि वस्तुमा रोक लगाएको भए लाखौँको नोक्सानी हुने अनि सदरमुकामवासी ती वस्तुको अभावमा बस्नुपर्ने अवस्था हुने भएकाले किसान र सबैका लागि यो निर्णय उचित भएको थापाले बताए ।

उनले सदरमुकाम मात्र दैनिक सयौँ लिटर दूध खपत हुने र सयौँ किलो तरकारी आवश्यक पर्ने भएकाले उपभोक्ताले हाहाकार बस्नुपर्ने र किसान लाखौँको नोक्सानीबाट जोगिने पनि बताए ।

जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले एघार स्थानीय तह र ९० वडा रहेको दैलेखमा वार्षिक रु १५ करोडको तरकारी र दूध उत्पादन हुने बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ८ : १६ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार