कोरोना भाइरस : खाडी मुलुकमा ७८ हजार संक्रमित, साउदी सबैभन्दा बढी प्रभावित « Khabarhub

कोरोना भाइरस : खाडी मुलुकमा ७८ हजार संक्रमित, साउदी सबैभन्दा बढी प्रभावित


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ४४१ जनाको मृत्यु भएको छ भने ७८ हजार ७७४ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै २०९ जनाको मृत्यु भएको छ । त्यहाँ ३१ हजार ९३८ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा १५७ जनाको मृत्यु भएको छ भने १५ हजार ७३८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ४२ जनाको मृत्यु भएको छ भने ६ हजार २८९ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा १३ जनाको मृत्यु भएको छ भने २ हजार ९०३ जना संक्रमित भएका छन् । कतारमा १२ जनाको मृत्यु भएको छ भने १७ हजार ९७२ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ ३ हजार ९३४ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ८ : ४६ बजे

विश्व हात्ती दिवस : संरक्षणसँगै सुरक्षित करिडोरको चुनौती (तस्बिर)

काठमाडौँ– आज विश्व हात्ती दिवस, नेपालमा पनि वन्य हात्ती संरक्षण,

हर्मुज मार्ग अमेरिकी नियन्त्रण रहेको ट्रम्पको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको स्थिति सामान्य रहेको

युरोपमा आज पहिलो दुर्लभ खग्रास सूर्यग्रहण, एसियामा किन देखिँदैन ?

काठमाडौँ – आज युरोपमा सन् १९९९ पछिको पहिलो दुर्लभ खग्रास

इरान युद्धमा ट्रम्पको स्वार्थ : क्षेप्यास्त्रको जोखिमपछि ‘विमान परिवर्तन’ को रहस्य सार्वजनिक

वासिङ्टन– “उनले मलाई आक्रमण गर्नुअघि नै मैले उनलाई सिद्ध्याइदिएँ ।

लाल बकैया नदीमा डुबेका दुई बालबालिकाको शव भेटियो, एक अझै बेपत्ता

काठमाडौँ – लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन