१५ वर्षीया बालिका बलात्कारको आरोपमा एक पक्राउ « Khabarhub

१५ वर्षीया बालिका बलात्कारको आरोपमा एक पक्राउ


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- बलात्कार आरोपमा स्थानीय फतुवा विजयपुर–४ का ५२ वर्षीय टेकबहादुर चौधरी पक्राउ परेका छन् ।

आफ्नै सहयोगी १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

चौधरीले आफ्नै सहयोगी एक बालिकालाई अनैतिक कार्य गरेको लिखित उजुरी आएपछि मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी दिए ।

जबर्जस्ती करणी मुद्दाको अनुसन्धानका लागि जिल्ला अदालत गौरले सात दिनको म्याद दिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

चौधरी इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ परीक्षणसमेत भइसकेको इलाका प्रहरी कार्यालय विजयपुरले जानकारी दिएको छ । पीडित बालिका केही महिनाको गर्भवतीसमेत रहेको स्वास्थ्य परीक्षणबाट जानकारी आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १२ : ३२ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै