हात्तीको आक्रमणबाट महिलाको मृत्यु « Khabarhub

हात्तीको आक्रमणबाट महिलाको मृत्यु


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- हात्तीको आक्रमणबाट सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट शम्भुनाथ नगरपालिका–२ स्थित भलुवाही टोलकी ३८ वर्षीया महिला जानकी मगरको मृत्यु भएको स्थानीय राजु जयसवालले बताए ।

जानकीको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको छ ।

जायसवालका अनुसार तीनवटा हात्तीको समूहले लक्ष्मण मण्डल र बलराम इशरको घर भत्काएको छ । दुई दिनअघि हात्तीको समूहले अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलका वीरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र नारायण रामको घर तोडफोड गरेर खाद्यान्न खाई क्षति पु¥याएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १२ : २१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना