चोर शिकारीले थापेको पासोको बन्दुक पड्किँदा एक जना घाइते « Khabarhub

चोर शिकारीले थापेको पासोको बन्दुक पड्किँदा एक जना घाइते


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेको कोहलपुरस्थित सामुदायिक वनमा शिकारीले थापेको पासोमा परी एक जना गम्भीर घाइते भएका छन् ।

कोहलपुर नगरपालिका –७, लखनाका ठाकुर थारु गए राति चोर शिकारीले थापेको पासोमा परी घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

उनका अनुसार गोठ बनाउनका लागि स्थानीय मितेरी सामुदायिक वनमा काठ काट्न चार जनासहित पुगेका थारु चोर शिकारीले थापेको एकनाले बन्दूकको पासोमा परेका हुन् ।  पासो थापेको बन्दुक पड्किँदा थारुको पुठ छेडिएको छ ।

घाइते थारुको अहिले शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सामुदायिक वनमा रहेका मृग मार्न शिकारीले बन्दूकको पासो थापेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १ : ५९ बजे

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ