वैशाख पूर्णिमामा छैनन् स्वर्गद्वारीमा दर्शनार्थी « Khabarhub

वैशाख पूर्णिमामा छैनन् स्वर्गद्वारीमा दर्शनार्थी


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्युठान- पवित्र धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारीमा प्रत्येक वर्ष वैशाख पूर्णिमामा हुने दर्शनार्थीको भीड अहिले छैन ।

आजका दिन स्वर्गद्वारीमा दर्शन गर्न आउने दर्शनार्थीको भीड भए पनि यस वर्ष बन्दाबन्दीका कारण सुनसान बनेको हो ।

गत वर्ष वैशाख चतुर्थी र पूर्णिमामा करीब ३५ हजार दर्शनार्थीले दर्शन गरेको स्वर्गद्वारी अहिले सुनसान हुन पुगेको आश्रमले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण स्वर्गद्वारी आश्रम दर्शनका लागि बन्द गरिएपछि स्थानीयवासीसमेत गएका छैनन् ।

रोल्पाको रुन्टीगढीमा जन्मिएका स्वर्गद्वारी महाप्रभुले वैशाख शुक्ल पूर्णिमादेखि अखण्ड महायज्ञ शुरु गराएका कारण वैशाखे पूर्णिमाको बिहानैदेखि दर्शन गर्नका लागि अघिल्लो दिनमै आउनेको भिड लाग्ने भए पनि यस वर्ष शून्य भएको आश्रमका कोठरी तामुप्रसाद न्यौपानेले जानकारी दिए ।

स्वर्गद्वारीमा दर्शनार्थी पर्यटक शून्य भएपछि भेटी संकलन र गाईको लागि नुनसमेत रोकिएको आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अधिकारीले जानकारी दिए ।

गाईको दाना अभाव हुँदा समस्या भइरहेको छ । खाद्यान्न धेरै कम भएको र कर्मचारी घरमा बसेपछि घाँससमेत अभाव भएको उनको भनाइ छ । वैशाख पूर्णिमामा आएका तीर्थालुबाट प्राप्त भेटीले छ महिनासम्मको खर्च धान्ने गरेको आश्रमको भनाइ छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  २ : १५ बजे

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ