सुर्खेतमा सर्वाधिक वर्षा « Khabarhub

सुर्खेतमा सर्वाधिक वर्षा


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- भारतको उत्तराखण्ड नैनीताल आसपासबाट विकसित भएको पछिल्लो मौसमी प्रणालीले सुर्खेतमा सर्वाधिक वर्षा गराएको छ । पछिल्लो तीन घण्टामा सुर्खेतमा ४६ मिलीमिटर वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका अनुसार वीरेन्द्रनगरको इत्राममा ४६, कालिदामारमा २०, गोठीकाँडामा २४, खानीखोलामा १३, कुनाथरीमा ११.२, रातानाङ्लामा पाँच र दैलेखमा ७.२ मिलीमिटर वर्षा मापन गरिएको छ ।

त्यस्तै बर्दियाको रम्बापुरमा २५, रानीजरुवामा १२, चेपाङ बबइमा २२.४, कैलालीको चिसापानीमा १९.४ र अछामको साँफेबगरमा दुई मिलीमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख विनोद पराजुलीले आज बिहान २ बजे भारतको नैनीतालमा विकास भएको प्रणाली सुर्खेत आइपुग्न तीन घण्टा लागेको बताए । बिहान ५ बजेदेखि सुर्खेतमा हावाहुरीसहितको चट्याङ र असिना पार्ने बादल लाग्न शुरु भएको थियो ।

“तीन घण्टामा ४६ मिलीमिटर वर्षा भएको छ, यो प्रणाली तीव्रगतिमा पूर्वी नेपालतर्फ सरिरहेको छ”, कार्यालय प्रमुख पराजुलीले भने । हाल सुर्खेतलगायत आसपासको मौसममा सुधार आएको छ । दैलेखको उत्तरी उच्च भेगमा हिमपात भएको छ ।

सुर्खेतको रातानाङ्लामा गत वर्षदेखि मौसमसम्बन्धी पूर्वसूचना दिने प्रणाली ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ (राडार) सञ्चालनमा आएपछि यहाँबाट पश्चिम नेपालको मौसमी विवरण सङ्कलन भइरहेको छ । राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, चक्रवातको स्थिति, असिना, हिउँ, चट्याङ, बाढीलगायत जोखिमको पूर्वानुमान गर्दछ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  २ : ५९ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान