सुर्खेतमा सर्वाधिक वर्षा « Khabarhub

सुर्खेतमा सर्वाधिक वर्षा


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- भारतको उत्तराखण्ड नैनीताल आसपासबाट विकसित भएको पछिल्लो मौसमी प्रणालीले सुर्खेतमा सर्वाधिक वर्षा गराएको छ । पछिल्लो तीन घण्टामा सुर्खेतमा ४६ मिलीमिटर वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका अनुसार वीरेन्द्रनगरको इत्राममा ४६, कालिदामारमा २०, गोठीकाँडामा २४, खानीखोलामा १३, कुनाथरीमा ११.२, रातानाङ्लामा पाँच र दैलेखमा ७.२ मिलीमिटर वर्षा मापन गरिएको छ ।

त्यस्तै बर्दियाको रम्बापुरमा २५, रानीजरुवामा १२, चेपाङ बबइमा २२.४, कैलालीको चिसापानीमा १९.४ र अछामको साँफेबगरमा दुई मिलीमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख विनोद पराजुलीले आज बिहान २ बजे भारतको नैनीतालमा विकास भएको प्रणाली सुर्खेत आइपुग्न तीन घण्टा लागेको बताए । बिहान ५ बजेदेखि सुर्खेतमा हावाहुरीसहितको चट्याङ र असिना पार्ने बादल लाग्न शुरु भएको थियो ।

“तीन घण्टामा ४६ मिलीमिटर वर्षा भएको छ, यो प्रणाली तीव्रगतिमा पूर्वी नेपालतर्फ सरिरहेको छ”, कार्यालय प्रमुख पराजुलीले भने । हाल सुर्खेतलगायत आसपासको मौसममा सुधार आएको छ । दैलेखको उत्तरी उच्च भेगमा हिमपात भएको छ ।

सुर्खेतको रातानाङ्लामा गत वर्षदेखि मौसमसम्बन्धी पूर्वसूचना दिने प्रणाली ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ (राडार) सञ्चालनमा आएपछि यहाँबाट पश्चिम नेपालको मौसमी विवरण सङ्कलन भइरहेको छ । राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, चक्रवातको स्थिति, असिना, हिउँ, चट्याङ, बाढीलगायत जोखिमको पूर्वानुमान गर्दछ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  २ : ५९ बजे

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ