लकडाउन उल्लंघन गर्ने १ हजार ८२१ जना प्रहरीको नियन्त्रणमा « Khabarhub

लकडाउन उल्लंघन गर्ने १ हजार ८२१ जना प्रहरीको नियन्त्रणमा


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले  काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने १ हजार ८२१ जनालाई नियन्त्रणमा लिएको छ।

सरकारले कोरोना भाइरसको जोखिम रोक्न लागू गरेको लकडाउनको अटेरी गरी सडकमा निस्किनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौंमा सबैभन्दा बढी एक हजार ५६५, ललितपुरमा २३८ जना र भक्तपुरमा १८ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए।

यसैगरी आज दिनभर ४८० दुई पाङ्ग्रे र ५० वटा चारपाङ्ग्रे गरी ५ ३० वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।कोभिड-१९ जोखिम बढ्न थालेपछि सरकारले गत चैत ११ गते देखि लकडाउनलाई निरन्तरता दिएको छ । लकडाउन अवधि पछिल्लो पटक थपेर ५ जेठसम्म लम्ब्याइएको छ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई कोरोना सम्बन्धी जानकारी दिएर पठाउने गरेको छ । प्रहरीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै आम नागरिकलाई घरभित्रै सुरक्षित रहन समेत आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ७ : ४४ बजे

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

झापा– झापाको मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

चितवन– चितवन मेडिकल कलेज (सीएमसी)ले संघीय राजधानि काठमाडौँको तीनकुने र

आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी

केही भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : बायर्न म्युनिखलाई हराउँदै पीएसजी फाइलनमा प्रवेश

काठमाडौँ– युरोपियन च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फाइनलमा