प्रधानमन्त्री निवास बालुवाटारमा यसरी गरियो दीप प्रज्वलन « Khabarhub

प्रधानमन्त्री निवास बालुवाटारमा यसरी गरियो दीप प्रज्वलन


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस विरुद्धको संघर्षमा ऐक्यवद्धता प्रकट गर्न भन्दै बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दीप प्रज्वलन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बालुवाटारस्थित बुद्धका प्रतिमा अगाडि दीप प्रज्वलन गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६३ औं जन्मजयन्तिका सन्भर्दमा दीप प्रज्वलन गर्न सबै देशबासीलाई अनुरोध गरेका थिए ।

प्रधानमन्त्री ओलीले बुद्ध जयन्तिको सन्दर्भमा कोरोना महामारीविरुद्धको लडाइँमा अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकहरुप्रति उच्च सम्मानस्वरुप, संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभका लागि, मृत्युवरण गरेकाहरुको शान्तिका लागि बिहीबार साँझ दीप प्रज्वल गर्न आग्रह गरेका थिए ।

बिहीबार साँझ बालुवाटारमा आयोजित दीप प्रज्वल कार्यक्रममा प्रधानमन्त्री ओलीका अतिरिक्त उनकी पत्नी राधीका शाक्य, केही मन्त्री, कर्मचारी तथा बौद्धमागीहरु सहभागी भएका थिए ।


तस्वीरहरु– प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ७ : ४३ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड