जर्मन बुन्डेसलिगा : बायर्न म्युनिख उपाधि नजिक « Khabarhub

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिख उपाधि नजिक


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख उपाधि नजिक पुगेको छ ।

साविक विजेता समेत रहेको बायर्नले शनिबार बायार लेवरकुसनलाई ४-२ गोल अन्तरले पराजित गर्दै लिगाको उपाधि नजिक पुगेको हो ।

लेवरकुसनको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर बायर्नले जीत निकालेको हो । बायर्नको जीतमा किङ्सले कोम्यान, लियोन गोर्टेज्का, सेर्गी गनाब्री र रोबर्टो लेवान्डोस्कीले एक एक गोल गरे । लेवरकुसनका लुकास अलारियो र फ्लोरियन वीट्जले एक एक गोल गरे ।

खेलको १० औं मिनेटमा लुकासको गोलबाट लेवरकुसनले अग्रता बनाएको थियो । तर, २७ औं मिनेटमा कोम्यानले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा ल्याए ।

४२ औं मिनेटमा गोर्टेज्का र ४५ औं मिनेटमा सेर्गीले गोल गरेपछि बायर्न पहिलो हाफमा ३-१ गोल अन्तरले अघि रह्यो । खेलको ६६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दा बायर्न ४-१ ले अघि रह्यो  । त्यसपछि खेलको ८९ औं मिनेटमा फ्लोरियन थप एक गोल फर्काएपनि घरेलु टिम ४-२ ले पराजित भयो ।

जीतसँगै बायर्नलाई अब उपाधि जीत्नका लागि २ जीतको आवश्यकता रहेको छ । बायर्नले ३० खेलमा ७० अंक जोडेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डभन्दा उसको अंक ७ अंकले बढी छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ६ : ३९ बजे

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक