डोटीको क्वारेन्टाइनमा एक युवकको मृत्यु « Khabarhub

डोटीको क्वारेन्टाइनमा एक युवकको मृत्यु


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – डोटीको क्वारेन्टाइनमा बसेका एक युवकको आइतबार विहान मृत्यु भएको छ ।

जिल्लाको केआई सिंह गाउँपालिका वडा नं. ३ स्थित क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो ।

वडा नं. ३ दल्लका ती युवकको आइतबार बिहान तीन बजे मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए ।

उनी लामो समयदेखि मुटुको रोगी रहेको बुझिएको छ ।

भारतको दिल्लीबाट आएका उनी जेठ २० गतेदेखि  सीताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

उनी लामो समयदेखि मुटुको रोगी भएका कारण उनको हेरचाहका लागि उनका बाबु खटिएका थिए ।

मृतकका बुवा लगायत अन्य १० जना समेत सो क्वारेन्टाइनमा बसेका छन् । मृतक युवा लगायत क्वारेन्टाइनमा बसेका सबैको स्वाब संकलन गरी पीसीआर परीक्षणको तयारी भइरहेको स्वास्थ्य संयोजक बोहराले जानकारी दिए ।

स्वाबको रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ७ : ५० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण