सीमा विवादबारे भएको भारत–चीन वार्ता सकारात्मक, निर्णय सार्वजनिक भएन | Khabarhub Khabarhub

सीमा विवादबारे भएको भारत–चीन वार्ता सकारात्मक, निर्णय सार्वजनिक भएन


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र चीनबिच सीमा विवाद सुल्झ्याउने सम्बन्धमा शनिबार भएको वार्ताका विषयमा विस्तृत विवरण सार्वजनिक भएको छैन । तर सो वार्तामा पछिल्लो समय देखिएको तनाव अन्त्यबारे दुवै पक्षले आफ्नो धारणा प्रस्तुत गरेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

लद्दाखको पूर्वी क्षेत्रमा रहेको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा रहेको सुरक्षा चौकीमा भारत र चीनका सैनिक अधिकारीबिच महत्वपूर्ण वार्ता भएको हो । शनिबार बिहान ११ बजेपछि सुरु भएको बैठक लगातार तीन घण्टासम्म चलेको थियो ।

भारतका तर्फबाट लेफ्टिनेन्ट जनरल हरिंदर सिंहको नेतृत्वमा प्रतिनिधि सामेल थिए । यस्तै चिनियाँ टोलीको नेतृत्व मेजर जनरल लिउ लिनले गरेका थिए । दुवै तर्फ प्रतिनिधिले वार्तामा भएको कुरा आफ्नो नेतृत्व समक्ष राख्ने बताइएको छ ।

भारत र चीन दुवैले वार्तामा भएको कुराकानीका सम्बन्धमा कुनै पनि जानकारी सार्वजनिक गरेका छैनन् । तर केही सञ्चारमाध्यमले वार्ता सकारात्मक दिशामा गएको उल्लेख गरेका छन् ।

स्रोतलाई उद्धृत गर्दै पूर्वी लद्दाखको सीमासँग जोडिएका दुवै तर्फका क्षेत्रमा शान्ति कायम गर्ने विषयमा दुवै पक्ष सहमत भएको दाबी गरिएको छ । यसको अर्थ पैंगोंग ताल, गोगरा–हट स्प्रिङ्ग क्षेत्र र गलवान उपत्यकाबाट भारत र चीनले आफ्ना सैनिक तथा हतियार हटाउन सक्ने छन् ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  १० : ३७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर