डेंगु सार्ने लामखुट्टेको सर्भे शुरू, बेनीबजार उच्च जोखिममा « Khabarhub

डेंगु सार्ने लामखुट्टेको सर्भे शुरू, बेनीबजार उच्च जोखिममा


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर- म्याग्दीमा लामखुट्टेको टोकाइबाट सङ्क्रमण फैलिने डेंगुको उच्च जोखिममा परेपछि सङ्क्रमति भेटिएका क्षेत्रमा डेङ्गु सार्ने एडिस जातको लामखुट्टेको सर्भे शुरू गरिएको छ ।

पछिल्लो दुई महिनामा देशभरमा सबैभन्दा धेरै सङ्क्रमित भएको जिल्लामा रुपन्देहीपछि दोस्रोमा म्याग्दी परेपछि स्वास्थ्य कार्यालयको सक्रियतामा बेनी नगरपालिका र मङ्गला गाउँपालिकामा डेंगु सार्ने एडिस जातको लामखुट्टेबारे सर्भे शुरू गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए।

“बेनीबजारमा डेंगु सार्ने लामखुट्टे अत्यधिक भेटियो, बेनी डेंगु सङ्क्रमणको उच्च जोखिममा छ” लम्सालले भने ।

स्वास्थ्य कार्यालय बागलुङमा कार्यरत भेक्टर कन्ट्रोल निरीक्षक याम बरालको उपस्थितिमा भइरहेको सर्भेमा बेनीबजारका ग्यारेजमा रहेका टायर, सार्वजनिकस्थान, चौतारीलगायत विभिन्न स्थानमा गरिएको स्थलगत सर्भेमा डेंगु सार्ने एडिस जातको लामखुट्टेका भण्डार नै भेटिएको थियो ।

त्यस्तै मङ्गला गाउँपालिकको केन्द्र बावियाचौरमा समेत डेंगु सार्ने लामखुट्टे भेटिए पनि सङ्क्रमति भेटिएको गाउँपालिकाका केही स्थानमा भने सर्भेमा नदेखिएको सर्भे टोलीले जनाएको छ । यस वर्ष बेनी नगरपालिका र मङ्गला गाउँपालिकामा डेंगुका सङ्क्रमित भेटिएका छन् ।

सर्भे टोली सङ्क्रमित भेटिएका वडाहरुमा नै पुग्ने जनाइएको छ ।

टोलीले सर्भेपछि थप योजनासहित डेंगु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्ने जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पहिलो तथ्याङ्कअनुसार वैशाख र जेठ महिनामा देशैभरि ८३ जनामा डेंगु सङ्क्रमण भेटिएकामा सबैभन्दा धेरै रुपन्देहीमा १५ र म्याग्दीमा १२ मा डेंगु पोजेटिभ देखिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ११ : ०५ बजे

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय

गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा