कोरोनाबाट मृत्यु भएकी कैलालीकी महिलाको गाउँ सिल « Khabarhub

कोरोनाबाट मृत्यु भएकी कैलालीकी महिलाको गाउँ सिल


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – धनगढी उपमहानगरपालिका-४ महिमा टोलकी एक महिलामा मृत्युपछि कोभिड-१९ पुष्टि भएपछि उनी बस्ने महिमा टोल हिजो साँझदेखि प्रहरीले ‘सिल’ गरेको छ।

प्रहरीको टोली हिजो त्यस क्षेत्रमा गएर माइकिङ गरी ‘सिल’ गरिएको जानकारी गराएको थियो।

प्रहरी नआएको र चहलपहल पूर्ववत हुन थालेपछि ती महिलाको अन्तिम संस्कारमा मलामी गएकाहरूले नै तुलसी चोकमा बोर्ड नै राखेर आवागमन अवरुद्ध गरेका छन् ।

पुरै टोल ‘सिल’ गरिएपछि स्थानीय बासिन्दा त्रसित छन्। उनीहरू घरबाट निस्किन डराईरहेका छन्। पसलहरू बन्द छन्।

दुई दिनअघि सेती प्रादेशिक अस्पतालमा मृगौलाको डायलासिसका क्रममा महिमा टोलकी एक महिलाको मृत्यु भएको थियो।

मृत्युपछि स्वाव संकलन गरिएकी ती महिलाको त्यसैदिन अन्त्येष्टि गरियो। र, हिजो मात्र उनमा कोरोना संक्रमण पुष्‍टि भएको थियो।

संक्रमणको पुष्टि भएपछि मलामी गएका र शव बोक्ने व्यक्तिहरू आतंकित भएको स्थानीय विजय चौधरीले बताए।

मलामी गएका व्यक्तिहरुले जतिसक्दो चाँडो आफूहरूको कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ११ : ०५ बजे

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।