बर्दियामा सिडिओका सवारी चालकमा पनि कोरोना भाइरसको संक्रमण « Khabarhub

बर्दियामा सिडिओका सवारी चालकमा पनि कोरोना भाइरसको संक्रमण


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया – बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल, नेपालगञ्जमा भएको पीसीआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण भएको पुष्टि भएको हो ।

उनले दुई दिनअघि सरुवा भएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौं पुर्‍याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई काठमाडौंबाट ल्याएका थिए ।

सरुवा भएका प्रजिअ लामिछानेको पीसीआर नेगेटिभ देखिएको प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए । चालकलाई गुलरियास्थित जिल्ला समन्वय समितिको सभाकक्षमा  आइसोलेशनमा राखिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  १२ : ०० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु