परीक्षण रिपोर्ट पोजेटिभ आएपछि पाँचजना पक्राउ « Khabarhub

परीक्षण रिपोर्ट पोजेटिभ आएपछि पाँचजना पक्राउ


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट छाडिएका महोत्तरी मटिहानी नगरपालिकाका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकुमा भएको परीक्षणको रिपोर्ट शनिबार पोजेटिभ आएपछि उनीहरुलाई घरबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा वडा नं ७ मा अवस्थित यालना विद्यापिठको क्वारेन्टाइनमा बस्दै आएका मटिहानी नपा–७ बस्ने २१ वर्षीय पुरुष, ८ बस्ने १८ वर्षीय पुरुष, लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बस्दै आएका वडा नं ९ बस्ने २८ वर्षीय दुईजना र प्रावि धिरापुरको क्वारेन्टाइनमा बस्दै आएका वडा नं २ बस्ने ११ वर्षीय एकजना छन् ।

उनीहरुलाई तीन दिनअघि पिसिआर रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएको बताइएको छ ।

उनीहरुलाई जिल्ला सदरमुकाम जलेश्वरस्थित आइसोलेशनमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  २ : १५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु