कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेश अस्पताल, सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा ५१ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका संक्रमितहरू सल्यानका २८ जना, सुर्खेतका २० जना, दैलेखका ३ जना र कालिकोटका ३ जना छन् ।

संक्रमितहरु ३ वर्षकी बालिका र १६ वर्षकी किशोरी सहित ११ र १४ वर्षका बालक देखि १६ देखि ६० वर्ष सम्मका पुरुष छन् ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  २ : ५२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु