विदेशबाट उद्धार गरिएका गर्भवती र सुत्केरीलाई बेग्लै क्वारेन्टाइन हुन्छ : मन्त्री गुरुङ « Khabarhub

विदेशबाट उद्धार गरिएका गर्भवती र सुत्केरीलाई बेग्लै क्वारेन्टाइन हुन्छ : मन्त्री गुरुङ


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले विदेशबाट उद्धार गरिएका गर्भवती तथा सुत्केरीलाई बेग्लै क्वारेन्टाईनको व्यवस्था गरिने बताएका छन् ।

मन्त्री गुरुङले एक विज्ञप्ति जारी गर्दै गर्भवती तथा सुत्केरी महिलालाई क्वारेन्टाईनलगायतको उचित व्यवस्था गर्न सामाजिक संघ, संस्थाहरु परिचालन गरिएको बताए ।

आईतबार मन्त्रालयका विज्ञहरुसँगको ‘भर्चुअल’ बैठकमा मन्त्री गुरुङले कोरोना भाइरसको महामारीबाट असहाय बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायत संवेदनशील वर्ग र समूदायको सुरक्षा गर्न सरकारले विशेष ध्यान दिईरहेको बताए ।

मन्त्री गुरुङले लकडाउन खुकुलो बनाउँदै लैजाने नीति सरकारले लिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।

बैठकमा विज्ञहरु चाँदनी जोशी, रेणु अधिकारी, लक्ष्मी कार्की, राधा पौडेल, लिली थापा, निर्मला शर्मा, नितु पण्डितलगायतले कोरोना भाईरसको महामारीबाट जोगाउन महिलालाई छुट्टै क्वारेन्टाईनको व्यवस्था गर्न, महिला हिंसाका घटना हुन नदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएको मन्त्री गुरुङका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ३ : ३७ बजे

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर रोकियो

त्रिशूली– स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

मुना– गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा