काठमाडौं- नेपालमा आइतबारसम्म ४६७ जना कोरोना भाइरस संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पछिल्लाे २४ घण्टामा १०२ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४६७ पुगेको हो । पछिल्लो २४ घण्टामा २ जना महिला र १०० जना पुरुष डिस्चार्ज भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा पछिल्लो २४ घण्टामा १०२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिइएको हो । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४६७ पुगेको छ ।
आइतबार थप २ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ३ हजार ४४८ पुगेको जानकारी दिएका हुन् ।
कुन प्रदेशमा कति जना डिस्चार्ज ?
- प्रदेश १ बाट ९१ जना
- प्रदेश २ बाट १८६ जना
- वाग्मती प्रदेशबाट ३२ जना
- गण्डकी प्रदेशबाट ३ जना
- प्रदेश ५ बाट १३३ जना
- कर्णाली प्रदेशबाट ९ जना
- सुदूरपश्चिम प्रदेशबाट १३ जना
प्रतिक्रिया