डडेल्धुरामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

डडेल्धुरामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- डडेल्धुरामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

केआइसिह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका १० राईमा मालवहाक ट्रक दुर्घटना हुँदा बैतडीको पाटन नगरपालिका ८ खोड्पे जुगेपानीका ४८ वर्षीय जयदेव विष्टको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपनिरीक्षक दधिराम न्यौपानेले दिएको जानकारी अनुसार कपिलवस्तुबाट सिमेन्ट बोकेर बाजुरा जाँदै गरेको ना ५ ख २२४६ नम्बरको ट्रक डडेल्धुरामा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने ट्रकका चालक रहेको उनले बताए ।

आइतबार बिहान ट्रक दुर्घटना भएको गोठाला गएकाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। चालक आफै गाडी मालिक रहेको बुझिएको छ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ५ : १९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण