स्पेनमा फेरि कोरोना भाइरसको संक्रमण, २४ घण्टामा ४१४ जना संक्रमित « Khabarhub

स्पेनमा फेरि कोरोना भाइरसको संक्रमण, २४ घण्टामा ४१४ जना संक्रमित


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनमा फेरि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

तीन महिनाअघि कोरोना भाइरस महामारीको केन्द्र बनेको स्पेनमा संक्रमण लगभग नियन्त्रणमा आएको बताइरहँदा पुनः नयाँ संक्रमित देखिएका हुन् ।

वर्ल्डोमिटर्सका अनुसार स्पेनमा पछिल्लो २४ घण्टामा ४१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३ जनाको मृत्यु भएको छ ।

कोरोनाले फेरि महामारीको रूप लिने संकेतपछि विभिन्न ठाउँमा पुनः लकडाउन पनि सुरू गरिएको छ । स्पेनको उत्तर–पश्चिमी क्षेत्र गालिसियामा पुनः लकडाउन गरिएको हो ।

७० हजार मानिसको बसोबास रहेको उक्त क्षेत्रमा आइतबार मध्य रातिदेखि शुक्रबारसम्म लागु हुने गरी गालिसियाको तटीय जिल्ला मासिनामा कामका लागि जाने वा आउनेलाई मात्रै प्रवेश र बाहिरिने अनुमति दिइएको छ ।

यसअघि उत्तर–पूर्वी क्षेत्र क्याटालोनियामा पनि कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएपछि लकडाउन गरिएको थियो ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ५ : ३८ बजे

बन्दीपुरमा ‘गाउँ पर्यटन मार्ट’: हिमाली स्वाददेखि तराईको संस्कृतिसम्म

बन्दीपुर – पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा बिहीबारदेखि ‘गाउँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को

कञ्चनपुरका मजदुरलाई छैन न्यूनतम ज्याला, महिलामाथि विभेद

कञ्चनपुर – भीमदत्त नगरपालिका–८ की राजमती दमाईले गत सिजनमा अढाइ

आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार

कालिकोट – कालिकोटकी ११ वर्षीया प्रियंका विकले आठ वर्षपछि फेरि

दिमाग खराब : निर्देशक निश्चल एकाएक ‘भिलेन’

काठमाडौँ – अन्य आमव्यक्तिका कुरा छाडौँ, नेकपा एमालेका अध्यक्ष केपी