स्पेनमा फेरि कोरोना भाइरसको संक्रमण, २४ घण्टामा ४१४ जना संक्रमित « Khabarhub

स्पेनमा फेरि कोरोना भाइरसको संक्रमण, २४ घण्टामा ४१४ जना संक्रमित


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनमा फेरि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

तीन महिनाअघि कोरोना भाइरस महामारीको केन्द्र बनेको स्पेनमा संक्रमण लगभग नियन्त्रणमा आएको बताइरहँदा पुनः नयाँ संक्रमित देखिएका हुन् ।

वर्ल्डोमिटर्सका अनुसार स्पेनमा पछिल्लो २४ घण्टामा ४१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३ जनाको मृत्यु भएको छ ।

कोरोनाले फेरि महामारीको रूप लिने संकेतपछि विभिन्न ठाउँमा पुनः लकडाउन पनि सुरू गरिएको छ । स्पेनको उत्तर–पश्चिमी क्षेत्र गालिसियामा पुनः लकडाउन गरिएको हो ।

७० हजार मानिसको बसोबास रहेको उक्त क्षेत्रमा आइतबार मध्य रातिदेखि शुक्रबारसम्म लागु हुने गरी गालिसियाको तटीय जिल्ला मासिनामा कामका लागि जाने वा आउनेलाई मात्रै प्रवेश र बाहिरिने अनुमति दिइएको छ ।

यसअघि उत्तर–पूर्वी क्षेत्र क्याटालोनियामा पनि कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएपछि लकडाउन गरिएको थियो ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ५ : ३८ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी