अमेरिकामा एकै दिन ४९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा एकै दिन ४९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ४९ हजार ४३८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३० लाख ३९ हजार ६८५ पुगेको छ ।

मंगलबार बिहानसम्म १ लाख ३२ हजार ९५० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३४९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १३ लाख १० हजार ६५१ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १५ लाख ९६ हजार ८४ जनामध्ये १६ हजार  जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ६ : १० बजे

निजी जीवनमा प्रहार गरेको भन्दै सन्दीपको आक्रोश, साथमा उत्रियो विराटनगर किंग्स

काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछानेले युट्युब च्यानल प्याराडाइम टिभीले

झिलिमिलीले चम्किएको धरान

धरान –‘फेसन’ र सांस्कृतिक विविधताको सहर भनेर परिचित धरान तिहारको

सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना

काठमाडौं – हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक

आजको विनिमय दर : अमेरिकी डलर स्थिर हुँदा यूरो र पाउण्डको मूल्य घट्यो

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

काठमाडौं – आज तिहारको मुख्य दिन भाइटीका मनाइँदै छ। दिदीबहिनी