काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ६ लाख ८७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
मंगलबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको १० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा १३५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १० हजार २९६ पुगेको हो ।
एकै दिन ६ हजार ६११ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ६ लाख ८७ हजार ८६२ पुगेको छ ।
२ लाख २३ हजार ३२७ जनाको उपचार भइरहेको छ भने ४ लाख ५४ हजार ३२९ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।
प्रतिक्रिया