‘इनफ इज इनफ’ अभियानसँग सरकारको सहमति, अभियन्ताले आजै अनशन तोड्ने « Khabarhub

‘इनफ इज इनफ’ अभियानसँग सरकारको सहमति, अभियन्ताले आजै अनशन तोड्ने


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकार विरोधि अभियान चलाइरहेको ‘इनफ इज इनफ’ अभियान र सरकारबीच सहमति भएको छ ।

सरकारसँगको सहमतिसँगै कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रण गर्न सरकारले चालेको कदम कमजोर भएको भन्दै त्यसको विरोधमा युवाहरुको अभियान ‘इनफ इज इनफ’ ले विगत लामो समयदेखि गर्दै आएको अन्दोलन मंगलबार अन्त्य गर्ने भएको छ ।

सरकारसँगको सहमतिसँगै विगत १२ दिनदेखि अनशन बस्दै आएका अभियन्ता इशान अधिकारी (इ) सहितले मंगलबार अनशन तोड्दै छन् ।

उनीहरुले कोरोना भाइरसको परीक्षण आरडीटी विधिबाट नभइ पीसीआरबाट हुनु पर्ने, क्वारेन्टिनको व्यवस्था राम्रो हुनु पर्ने, भ्रष्टाचार रोकिनु पर्ने र नागरिकको जीवन रक्षा गर्नु पर्नेसहितका माग राखेर आन्दोलन गर्दै आएका हुन् ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ९ : ३९ बजे

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री