ओली–प्रचण्ड वार्ता आज पनि, अर्को पक्ष असन्तुष्ट « Khabarhub

ओली–प्रचण्ड वार्ता आज पनि, अर्को पक्ष असन्तुष्ट


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाको आन्तरिक द्वन्द्व समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आज पनि वार्तामा बस्दैछन् ।

पार्टी एकताको मर्मअनुसार अघि बढ्ने समझदारीका साथ वार्ता गरिरहेका दुई अध्यक्षले स्थायी कमिटी बैठकअघि नै आन्तरिक विवाद टुंग्याउने प्रयासमा बैठक स्थगित गरेर अध्यक्षद्वय वार्तामा जुटेका हुन् । अध्यक्ष द्वयको वार्ता सकारात्मक भनिए पनि ठोस समाधान निस्किएको छैन ।

आज हुने वार्ताको समय टुङ्गो लाग्न बाँकी रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनले भने, ‘अध्यक्षद्वय आज पनि वार्तामा जुट्नु हुनेछ । कति बेला भन्ने समय नतोकिए पनि वार्ता अघि बढ्नेछ ।’

आज सहमति कायम गरी भोलि स्थायी कमिटी बैठक बोलाइएकाले पनि अध्यक्षद्वयको आजको वार्ता निर्णायक हुने नेकपाका नेताहरूले विश्वास गरेका छन् ।

प्रधानमन्त्री र पार्टीको प्रथम अध्यक्ष ओली सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको समूहले दुवै पदबाट ओलीको राजीनामा गर्न दबाब दिएपछि पार्टीमा आन्तरिक विवाद चुलिएको हो ।

हिजो (मंगलबार) पनि झण्डै डेढ घण्टा वान टु वान वार्तामा बसेका दुई अध्यक्षबीचको छलफल अझै मजबुत बनाउँदै निष्कर्षमा पुग्ने समझदारी भएको जनाइएको थियो । हिजोको वार्तापछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट ठोस कुरा नआएको भए पनि वार्ता सकारात्मक रहेको बताएका थिए । प्रचण्डले अझै वान टु वान वार्तालाई तीव्रता दिएर निर्णायक विन्दुमा पुग्ने बताएका थिए ।

वान टु वान वार्ताप्रति नेपाल असन्तुष्ट

अध्यक्षद्वयको एक्लै वार्ता अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने मन पराएको छैन । नेता नेपाल निकटका नेताहरूका अनुसार नेपालसँगै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि दुई अध्यक्षको गोप्य वार्ताप्रति असन्तुष्ट छन् ।

दुई अध्यक्षले विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मासहित छलफल गर्दा आफ्नो पक्षका नेतालाई सहभागी नगराएकोमा नेपालका पक्षका नेताहरू असन्तुष्ट देखिएका छन् ।

एक नेताका अनुसार स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको राजीनामा माग्ने धेरै नेता नेपाल समूहका भए पनि त्यही विषयमा गरिएको छलफलमा एजेन्डा उठाउने समूहलाई नै राखिएको छैन ।

उनले भने, ‘हामीले उठाएको एजेन्डाकै विषयमा छलफल भइरहेको छ तर हामीलाई नै छलफलमा राखिएन । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामाको विषयमा प्रवेश गर्नै चाहनु भएको छैन भन्ने सुनेका छौँ । उहाँले दुवै पद नछाड्ने अडान राख्नुभएको छ । यसरी एजेन्डामै प्रवेश नगरी वार्तामा बस्नुको के अर्थ !’

दुई अध्यक्षको वार्तामा भएका सबै समझदारी बैठकले अनुमोदन गर्ने भन्ने कुरा स्वीकार्य हुन नसक्ने भन्दै उनले जे जति निर्णय हुने हो सबै स्थायी कमिटीमै हुनुपर्ने बताए ।

अर्का एक नेताले भने, ‘अध्यक्षद्वयबीच वार्ता भइरहेको हामीले पनि सुनेका छौँ तर के कुराकानी भएको छ हामीलाई थाहा छैन । उहाँहरूको समझदारी स्थायी कमिटीमा मान्य हुनेगरी आयो भने अनुमोदन हुन सक्ला नत्र स्थायी कमिटीले मान्नै पर्छ भन्ने छैन ।’

नेकपाका दोस्रो तहका नेताहरूले पनि चाँडै सहमति गरेर अघि बढ्न नेतृत्वलाई खबरदारी गरिरहेका छन् । केन्द्रीय सदस्यहरूको एउटा समूह पार्टी कार्यालय, धुम्बाराहीमा धर्नामा बस्दै आएका छन् ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १० : २६ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति