गरिमा धानपीडित कृषकले बल्ल पाए राहत « Khabarhub

गरिमा धानपीडित कृषकले बल्ल पाए राहत


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनको गैँडाकोट नगरपालिकामा गरिमा धानमा बाला नलागेपछि पीडित बनेका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ ।

कृषि मन्त्रालयमार्फत विनियोजित रकम सो नगरपालिकाले किसानलाई प्रदान गरेको हो ।

नगरपालिकाका प्रमुख छत्रराज पौडेलले आज आयोजित कार्यक्रममा गैँडाकोटका किसानलाई प्रतिकट्ठा ६४० रूपैयाँका दरले  क्षतिपूर्ति रकम उपलब्ध गराए ।

नगरपालिकाको १० देखि १८ नं वडाका किसान गरिमा धानमा बाला नलागेपछि पीडित बनेका थिए । नगरपालिकाले प्रतिकठ्ठा छ हजार क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गरेको थियो ।

यस वर्षदेखि माटो परीक्षणको व्यवस्था मिलाउने जानकारी दिए । गत वर्ष नेपालमा गरिमा जातको धान नवलपुर, चितवन, कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, कपिलवस्तु, तनहुँ जिल्लामा बढी लगाइएको थियो ।

 

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १२ : ५७ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती