क्वारेन्टिन व्यवस्थापन गर्न कांग्रेसले गर्‍यो आर्थिक सहयोग « Khabarhub

क्वारेन्टिन व्यवस्थापन गर्न कांग्रेसले गर्‍यो आर्थिक सहयोग


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ –  नेपाली काँग्रेससँग आबद्ध १५ भ्रातृ संस्थाले क्वारेन्टिन व्यवस्थापनका लागि रु एक लाख ७९ हजार सहयोग जुटाएका छन् ।सो रकममध्ये रु २० हजार आज बागलुङ नगरपालिकाकाको कोरोना व्यवस्थापन कोषलाई प्रदान गरिएको छ ।

काँग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापासहित भ्रातृ सङ्गठनका पदाधिकारीले संयुक्तरुपमा उक्त सहयोग रकम नगरप्रमुख जनकराज पौडेललाई हस्तान्तरण गरे ।

कोरोना रोकथाम र नियन्त्रणका लागि सबै पक्षले हातेमालो गर्नुपर्ने नेपाल महिला सङ्घ बागलुङकी अध्यक्ष सकुन्तला शर्माले बताइन् । “भ्रातृ तथा शुभेच्छुक सङ्गठनबाट यो रकम उठाएका हौँ”, उनले भनिन्, “जिल्लाका दशै वटा स्थानीय तहमा क्वारेन्टिन व्यवस्थापनका लागि हामीले सहयोग गर्दैछौँ ।”

भूतपूर्व सैनिक सङ्घ, नेपाल महिला सङ्घ, नेपाल तरुण दललगायत सहयोगमा जोडिएका छन् । काँग्रेस जिल्ला सभापति थापाले सहयोग रकमको सही सदुपयोग हुनेमा विश्वास लिए । नगरप्रमुख पौडेलले सबैको साझा प्रयास र सहकार्य भएमा मात्र सङ्कटसँग जुध्न सकिने धारणा राखे । उनले क्वारेन्टिन व्यवस्थापनमा देखिएका समस्या सुल्झाइने जानकारी दिए ।

नगरपालिकाको कोरोना व्यवस्थापन कोषमा विभिन्न सङ्घसंस्था र व्यक्तिबाट गरी हालसम्म रु ३१ लाख ६५ हजार रकम जम्मा भएको छ । सो कोषको रकम राहत, उद्धारका साथै कोरोना रोकथाममा खर्च गर्ने गरिएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १ : २० बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि