बझाङका पहिरोपीडितको बिचल्ली, राहत सामग्री बाटैमा अलपत्र « Khabarhub

बझाङका पहिरोपीडितको बिचल्ली, राहत सामग्री बाटैमा अलपत्र


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – बझाङको केदारस्यँु गाउँपालिका–८, मल्लेसीमा गत शुक्रबार राति अविरल वर्षासँगै गएको पहिरोमा परेर विस्थापित भएका २० घरपरिवार बिचल्लीमा परेका छन् ।

उनीहरूमध्ये केही आफन्तको घरमा छन् भने गाइभैँसीको गोठमा बसेका छन् । पहिरो गएको चार दिन भइसकेको छ तर न कुनै राहत पाएका छन् न सुरक्षित बासस्थान ।

पहिरोका कारण बाटो बिग्रेर सदमुकाम चैनपुरबाट पठाइएको राहत सामग्री बाटोमै थन्किएकोले विस्थापित परिवारको व्यवस्थापन गर्न कठिन भएको वडा नम्बर ८ का वडाध्यक्ष गणेश बोहराले बताए । उनले भने, ‘जसोतसो आफन्तहरूसँग समन्वय गरी छाना (गोठ) मा भए पनि विस्थापित परिवारको व्यवस्थापन गरेका छौँ ।’

बोहराका अनुसार प्रदेश सरकारले पठाएको राहत सामग्री जिल्लाको केदारस्युँ गाउँपालिका–९ को झुतामा थन्किएको छ । उनले भने, ‘घटनास्थलबाट झुता पुग्न झन्डै ३ घण्टाको बाटो छ । त्यो पनि पहिरोले बगाएर पैदल जान सक्ने अवस्था छैन ।’

खराब मौसममा राहत सामग्री नपाउँदा विस्थापित परिवारले बिचल्ली भएको वडाध्यक्ष बोहराले बताए । गाउँपालिकाले खाद्यान्नको लागि स्थानीय किराना पसलसँग समन्वय गरिदिएको उनले बताए । वडाध्यक्ष बोहराले भने, ‘खराब मौसमका कारण पाल टाँगेर बस्नसक्ने अवस्था पनि छैन, समस्या छ ।’

उनका अनुसार उक्त पहिरोमा परी जनधन गुमाएका २० परिवारमा १५१ जना छन् । विस्थापित परिवारको राहत तथा घर निर्माणका लागि प्रदेश सरकारसँग आग्रह गरेको वडाध्यक्ष बोहराले बताए ।

पहिरोमा पुरिएका ७ जनामध्ये ६ जनाको शव फेला परे पनि २२ वर्षका गिरि जेठारा अझै भेटिएका छैनन् ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १ : २७ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २७ गते शनिबार सन् २०२६

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी