प्रदेश–१ मा ४९० ले जिते कोरोना विरुद्धको लडाइँ « Khabarhub

प्रदेश–१ मा ४९० ले जिते कोरोना विरुद्धको लडाइँ


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश एकमा हालसम्म ४ सय ९० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा विराटनगरको कोशी अस्पताल कोभिड १९ केन्द्रबाट सात र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

सामाजिक मन्त्रालयका अनुसार केन्द्रमा उपचाररत ५ पुरुष र ३ महिला मंगलबार पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन्।

केन्द्रका अनुसार डिस्चार्ज हुनेमा ६ देखि ५० वर्ष उमेरसम्मका मोरङका ४ र सुनसरीका ३ जना रहेका छन्। उनीहरु गत जेठ २७ देखि असार १३ गतेसम्म केन्द्रमा भर्ना भएका थिए।

त्यसैगरि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड १९ अस्पतालबाट ११ जना संक्रमित उपचारपछि घर फर्किएका छन्

कोभिड १९ लाई जितेर घर फर्कनेमा ७ महिला र ४ पुरुष रहेको डा. सापकोटाले जानकारी दिए।

धरानको कोभिड १९ अस्पतालबाट हालसम्म २ सय ११ जना सफल उपचारपछि डिस्चार्ज भइसकेका छन्।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १० : ५८ बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र