कुवेतमा अलपत्र ३३ नेपालीको अझै उद्धार भएन (भिडियोसहित) « Khabarhub

कुवेतमा अलपत्र ३३ नेपालीको अझै उद्धार भएन (भिडियोसहित)



दोहा : कोरोनाको महामारीकाबीच ३३ नेपाली कुवेतमा अलपत्र परेका छन् । महामारीको कारण देखाउँदै कार्यरत कम्पनी बन्द भएपछि उनीहरू अलपत्र परेका हुन् ।

काठमाडौँको सामाखुसीस्थित एसआरके नेपाल मेनपावरमार्फत विगत १८ महिना अघि कुवेत पुगेका उनीहरू अलपत्र परेका छन् । सोही कम्पनीमा काम गर्ने ३३ नेपालीसहित अन्य देशका ८८ कामदार अलपत्र छन् ।

कोरोनाका कारण कम्पनीले गर्दै आएको काम बन्द गरेपछि कामविहीन भएको पीडित गुल्मीका विनोद महतले बताए । महतले भने, ‘कम्पनीले कोरोनाको कारण भन्दै काम बन्द गराएको छ । हामी कामविहीन भएका छौँ । पाँच महिनादेखि हामीले काम पनि पाएका छैनौँ । पैसा पनि पाएका छैनौँ ।’

उनीहरू कुवेतको जिलिपमा विगत पाँच महिनादेखि अलपत्र छन् । ‘पाँच महिनादेखि काम नगरी बस्दा भएको पैसा पनि सकियो । काम पनि पाएका छैनौँ । लिन बाँकी पैसा पनि कम्पनीले दिएको छैन । अब खानपान मै समस्या भइसकेको छ । हामी उद्धारको प्रतिक्षामा छौँ,’ उनले भने ।

पीडितहरूका अनुसार कुवेतको अल राकिव बिल्डिंग कस्ट्रक्सन कम्पनीले कोरोनाबाट सिर्जित समस्या भन्दै कम्पनीले कर्मचारीलाई कामबाट निकालेको छ ।

भिडियोमा हेर्नुहोस् पीडितको अवस्था

https://www.facebook.com/khabarhubofficial/videos/717899472331445/?t=11

अलपत्र परेका उनीहरू जनही १ लाख ६० हजार रुपैयाँ तिरेर कुवेत गएका थिए । महतले भने, ‘हामीले सामाखुसीको एसआरके नेपाल मेनपावरबाट प्रतिव्यक्ति १ लाख ६० हजार तिरेर यहाँ आयौँ । भनेको जस्तो काम पनि छैन । दाम पनि छैन । एक महिना होइन पाँच महिनादेखि हामी कामविहीन छौँ ।’

कोरोना संक्रमण बढेपछि कुवेत सरकारले गरेको लकडाउनको बेला पनि कम्पनीले काम लगाएर पैसा नदिएको उनीहरूको गुनासो छ।

कम्पनी प्रसाशनले तलब दिने आश्वासन दिँदै झुक्याउँदै आएको उनीहरूले गुनासो गरेका छन् । महतले भने, ‘हामीलाई पैसा दिने भनियो । काम पनि गरियो तर अहिले खाली हात छौँ । कुवेत सरकारले गरेको लकडाउनका बेला पनि कम्पनीले काम लगाएर पैसा नै दिएको छैन । कम्पनीले आज, भोलि भन्दै झुक्याइरहेको छ । एकैपटक दुई महिनाको तलब दिने भनेर अहिलेसम्म झुक्याइरहेको छ ।’

कम्पनीले गर्दै आएको सप्लाईको काम बन्द भएपछि जागिर गुमेको र आफूहरू अलपत्र परेको गुनासो पीडितको छ । उक्त कम्पनीमा कार्यरत कामदारहरूले नेपालबाट आउँदा तोकिएको तलबलगायतका सेवा/सुविधा समेत नपाएको बताएका छन् ।

सहयोगको माग गर्दै पीडितले संकलन गरेको नामावली

म्यानपावर कम्पनीले उद्धार गर्न कुनै पहल र सहयोग नगर्दा अवस्था दयनीय बनेको पीडितहरूले बताए । उनीहरू बस्ने ठाउँको पानी र बिजुलीको लाइन पनि काटिएकाले थप समस्या भएको पीडितको गुनासो छ।

उनीहरूका अनुसार कम्पनीले तलब नदिएपछि दुई महिनादेखि आफूहरू एसी बिनाको कोठामा नै बस्‍न बाध्य भएको कामदारको गुनासो छ ।

उनीहरूले आफूहरूको समस्या नेपाल सरकार, कुवेतस्थित नेपाली दूतावासलगायत सम्बन्धित निकायसम्म पु्र्‍याइदिन माग गरेका छन् ।

पीडित नेपालीको अवस्था जानकारी गराएपछि कुवेतस्थित नेपाली दूतावासका अधिकारी उनीहरू बसकेको क्याम्पमै पुगेर आवश्यक जानकारी लिएका छन् । तर पीडितको अवस्था बुझेको एक महिना पुगेपनि उद्धारको कुनै पहल नभएको गुनासो पीडितको छ ।

एनआएनए कुवेतले पनि आफूहरूको नामावली लिए पनि कुनै सहयोग गरेको छैन । यसघि नेपाली कामदारहरू अलपत्र परेको जानकारी आएपछि सृजनशील युवा समाज कुवेतका अध्यक्ष पुस्कर धामी लगायत अन्य सदस्यहरू कोठामै राहत सामाग्री लिएर आएको पीडितहरूले बताएका थिए ।

आफूहरू अलपत्र परेको बारे मेनपावर जानकार भएपनि समस्या समाधान गर्न कुनै पहल नगरेको उनीहरुको आरोप छ ।

 

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ९ : ४२ बजे

किसान परिचयपत्र वितरण गर्दै वैदेशिक रोजगारबाट फर्किएकालाई कृषिमा आकर्षण गरिने

काठमाडौं- सरकारले किसान परिचयपत्र दिने भएको छ । सरकारले सहुलियतमा

आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्ने सरकारको घोषणा

काठमाडौं- नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्ने

एनआरएन चिकित्सकको दर्ता खारेज गर्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकहरूको दर्ता

साइबर सुरक्षा र डिजिटल अपराधलाई न्यूनीकरण गर्न विशेष इकाई गठन गरिने

काठमाडौं- सरकारले साईबर सुरक्षा डिजिटल अपराधलाई न्यूनीकरण गर्न विशेष इकाई

सरकारी क्लाउड पूर्वाधार विकास गरिने

काठमाडौं– सरकारले सरकारी क्लाउड पूर्वाधार विकास गर्ने नीति लिएको छ