विभिन्न ११ जिल्लामा रातिदेखि लगातार वर्षा, सतर्क रहन आह्वान « Khabarhub

विभिन्न ११ जिल्लामा रातिदेखि लगातार वर्षा, सतर्क रहन आह्वान


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मनसुनी वायु सक्रिय भएसँगै मुलुकका विभिन्न ५ प्रदेशमा अहिले वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले अहिले  प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

प्रदेश १ र २ का विभिन्न ११ जिल्लामा भने राति ३ बजेदेखि लगातार मध्यमस्तरको वर्षा भइरहेको विभागले जनाएको छ ।

विभागको बाढी सूचना केन्द्रले बिहान ६ बजे जारी गरेको सूचनाअनुसार श्रावण २२ बिहान ६ बजे पछिल्लो ३ घण्टामा सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी र आसपास हल्का देखि मध्यम बर्षा भइरहेको छ ।

त्यस्तै धनकुटा, उदयपुर, भोजपुर, खोटाङ, ओखलढुङगा, सिन्धुली र आसपास पनि  मध्यम बर्षा भईरहेकाले ती क्षेत्र आसपास भइ बहने स-साना नदीमा पनि आकस्मिक बहाव हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउँन आह्वान गरेको छ ।

विभागका अनुसार आज दिउँसो पनि देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भने भारी वर्षाको सम्भावना रहेको छ।

शनिबार दिउँसोबाट भने बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई  स्थानहरुमा भारी वर्षाको पूर्वानुमान गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : ४३ बजे

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च