प्रधानमन्त्रीका सल्लाहकारले नेकपा प्रवक्ता श्रेष्ठलाई भने- पदको लाज त जोगाउनुहोस् « Khabarhub

प्रधानमन्त्रीका सल्लाहकारले नेकपा प्रवक्ता श्रेष्ठलाई भने- पदको लाज त जोगाउनुहोस्


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरू पार्टीभित्रको विवाद मिलाउन दौडधुपमा लागेका छन् ।

नेताहरू गुटगत भेटघाटमा व्यस्त छन् । अहिले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैले आफू निकटका नेता तथा कार्यकर्तासँग भेटघाट बढाइरहेका छन् ।

नेताहरुले पार्टी एकताको कार्यदिशा अनुसार नेतृत्व अघि बढ्नुपर्ने सुझाव दिइरहेका छन् । यहीबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पार्टी प्रवक्तालाई पदको लाज जोगाउन आग्रह गर्दै सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका छन् ।

रिमालले ट्वीटर मार्फत श्रेष्ठलाई ‘विधि र पद्धतीको नक्कली गीत नगाउन आग्रह गरेका छन्। उनले भनेका छन “इनफ इज इनफ नारायणकाजी जी ! कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् ।’

गत बुधबार राजधानीमा आफूनिकट सय बढी पत्रकारलाई बोलाएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल र श्रेष्ठले ओलीको कार्यशैलीको विरोध गरेका थिए।

त्यसको दुई दिनपछि प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले श्रेष्ठलाई सार्वजनिक रूपमा पार्टी प्रवक्ताको लाज जोगाउन भनेका हुन्।

शुक्रबार बिहान नारायणकाजीलाई मेन्सन गर्दै रिमालले लेखेका छन्- इनफ इज इनफ नारायणकाजी जी। कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘विधी र पद्दति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्! पार्टी एकताविरूद्धका कुनैपनि गतिविधि कतैबाट पनि नहोस्! मुलुक संवेदनशील मोडमा छ महसुस होस्!

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १ : १८ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी