सिमरामा एटिआर–७२ जहाजको उडान हुने « Khabarhub

सिमरामा एटिआर–७२ जहाजको उडान हुने


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानी काठमाडौँबाट नजिकको सिमरा विमानस्थलमा अब एटीआर–७२, ५०० सिरिजको जहाजबाट उडान हुने भएको छ ।

निजी क्षेत्रको अग्रणी वायु सेवाप्रदायक कम्पनी बुद्ध एयरले सिमरामा एटीआर जहाजको परीक्षण उडान गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा सिमरा विमानस्थलमा एटीआर जहाजको सफल परीक्षण उडान गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

काठमाडौँबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर गत बुधबार बुद्धएयरको उक्त जहाजले दक्षिण र उत्तर गरी दुवैतर्फबाट उडान तथा अवतरण गरेको छ ।

प्राधिकरणले निर्धारण गरेको सबै सुरक्षा मापदण्ड पालना गर्दै जहाजको परीक्षण उडान गरिएको कम्पनीले जनाएको छ । यसअघि बुद्धका एटीआर ४२–३२० सिरिज र बीचक्राफ्ट १९०० ‘डी’ जहाजले मात्र सिमरा उडान भरिरहेका थिए ।

नेपालमा लकडाउन शुरु (गत चैत ११ गते) हुनुअघि दैनिक नौवटा तालिकाबाट नियमित उडान गर्दै आएको बुद्धले आगामी भदौ १ गतेदेखि हुने उडानका लागि ७२ सिटे एटीआरले उडान भर्ने योजना बनाएको छ । नेपालकै सबैभन्दा पुरानो र व्यस्त सिमरा विमानस्थलको लम्बाइ एक हजार १९० मिटर छ ।

औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौँ छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल सधैँ भीडभाड हुने गर्छ ।

बुद्धएयरसँग आठ एटीआर–७२, तीन एटीआर–४२ र दुई बीचक्राफ्ट १९०० ‘डी’ गरी १३ जहाज छन् । भदौ १ देखि हुने व्यावसायिक उडानका लागि बुद्ध एयरले सङ्क्रमणरहित उडानका लागि सम्पूर्ण तयारी गरिसकिएको जनाएको छ ।
यात्रुको दोहोरो तापक्रम जाँच, ह्याण्ड स्यानेटाइज, फेसमास्क र फेशशिल्डको अनिवार्य प्रयोग लागू गरेको छ । यस्तै प्रत्येक उडानपछि जहाज र लगेज ट्रलीको सङ्क्रमणरहित सरसफाइ गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १ : ५७ बजे

रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीले सम्हाल्ने

काठमाडौं– तीन जना मन्त्रीले पदबाट राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयहरूको

झापामा ५ मा बालेनले दर्ता गराए उम्मेदवारी

दमक- प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

बालिकाको हत्या गरी फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

सिरहा– १९ वर्षअघि एक बालिकाको घाँटी थिची हत्या गरी फरार

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया जारी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सर्लाही–४ मा कांग्रेस सभापति गगन र निवर्तमान सांसद डा. अमरेश आमनेसामने

सर्लाही- सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आगामी निर्वाचनका लागि