विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख १८ हजार नाघ्यो « Khabarhub

विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख १८ हजार नाघ्यो


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा – विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ ।

सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरिमा एक करोड ९२ लाख ७९ हजार ७७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड २३ लाख ७५ हजार ३७३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६१ लाख ८५ हजार ६८० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार २६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ३२ हजार ५४७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६२ हजार ८०५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४५ लाख ४४ हजार २५४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ५४ हजार ८९२ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ५९ लाख २० हजार ३५३ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख २९ हजार ८८७ जनाको मृत्यु भएको छ ।

युरोपमा २९ लाख ९० हजार २३३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५ हजार ३९० को मृत्यु भएको छ ।

एसिया ४७ लाख ८६ हजार ९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ५ हजार ३४८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा दश लाख ११ हजार ८७६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२ हजार ११४ जनाको मृत्यु भएको छ ।

ओसियानामा २२ हजार ११५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ४ : २७ बजे

एमाले बैठकमा नेताहरूबीच भनाभन : को एमाले विरोधी, को ओली विरोधी ?

काठमाडौं– नेकपा (एमाले) को शुक्रबार बसेको बैठकमा नेताहरूबीच भनाभन भएको

कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीको १० लाख २३ हजार

तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन सम्पन्न

भक्तपुर– यसवर्षको तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन शुक्रबार चाँगुनारायण नगरपालिकामा

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ दललाई चुनाव चिह्न प्रदान

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

आज देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल