विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख १८ हजार नाघ्यो « Khabarhub

विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख १८ हजार नाघ्यो


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा – विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ ।

सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरिमा एक करोड ९२ लाख ७९ हजार ७७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड २३ लाख ७५ हजार ३७३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६१ लाख ८५ हजार ६८० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार २६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ३२ हजार ५४७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६२ हजार ८०५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४५ लाख ४४ हजार २५४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ५४ हजार ८९२ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ५९ लाख २० हजार ३५३ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख २९ हजार ८८७ जनाको मृत्यु भएको छ ।

युरोपमा २९ लाख ९० हजार २३३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५ हजार ३९० को मृत्यु भएको छ ।

एसिया ४७ लाख ८६ हजार ९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ५ हजार ३४८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा दश लाख ११ हजार ८७६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२ हजार ११४ जनाको मृत्यु भएको छ ।

ओसियानामा २२ हजार ११५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ४ : २७ बजे

संविधान संरक्षण गर्दै आवश्यक संशोधनबाट क्रियाशील बनाइने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान संविधानको संरक्षण गरी

‘श्री बुकुरो’ : दशकौँको फिल्म यात्रामा लक्ष्मीको नयाँ मोड

काठमाडौं- ‘श्री’ शब्दले सुन्दरता, शक्ति, बुद्धि र धनको सन्तुलनलाई जनाउँछ

मदनसहितले ०४८ मा अघि सारेको चुनावी एजेन्डाबाट के–के छाड्यो एमालेले ?

काठमाडौं– नेकपा (एमाले)ले काठमाडौंमा भएको पाँचौँ महाधिवेशनपश्चात् मार्गनिर्देश सिद्धान्तका रुपमा

देउवापक्ष मौन बस्दा कांग्रेसलाई कति फाइदा, कति घाटा ?

काठमाडौं- विशेष महाधिवेशनले गगन थापालाई नेतृत्वमा स्थापित गरेसँगै माघ पहिलो

नागरिकलाई प्राथमिक अस्पतालकै भर, जग्गा नमिल्दा ४२ करोड बजेट फ्रिज

दोलखा- हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्र दोलखाको राजनीति थलो र