पोखराका ३१ सहित गण्डकीका ४ जिल्लामा थप ६७ जनामा कोरोना संक्रमण « Khabarhub

पोखराका ३१ सहित गण्डकीका ४ जिल्लामा थप ६७ जनामा कोरोना संक्रमण


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कास्कीको पोखरा महानगरपालिकाका ३१ जनासहित गण्डकी प्रदेशका ४ जिल्लामा थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ५:५० बजे जारी गरेको विज्ञप्तिमा कास्कीको पोखरामा महानगरपालिका ३१ जना, गोरखाका १८ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका १५ जना र तनहुँका ३ जनामा संक्रमण भएको उल्लेख छ ।

पोखरामा थपिएका संक्रमितमध्ये पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत २६ र २३ वर्ष उमेरका स्टाफ नर्स हुन् भने ३६ र २७ वर्ष उमेरका दुईजना महिला सहयोगी कर्मचारीको रूपमा कार्यरत छन्।

पोखराका अरू संक्रमितमा २५ जना भने पोखरा फुड्स प्रा.लि. मा कार्यरत रहेको तथा २ जना यसअघि नै अस्पतालमा उपचार गराइरहेका एक महिला र एक पुरूष रहेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका १२ का ४० वर्षीय पुरुष पनि स्वास्थ्यकर्मी रहेको निर्देशनालयले जानकारी दिएको छ।

अन्य संक्रमितहरूमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकामा एकजना, देवचुली नगरपालिकामा १४ जना छन् ।

यस्तै गोरखाको गोरखा नगरपालिकामा १६ जना, पालुङ्गटार नगरपालिकामा दुई जना र तनहुँको व्यास नगरपालिकामा तीन जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ८ : ०० बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी