सन्दीप आवद्ध टिम जमैकाको सीपीएलमा छैठौँ हार « Khabarhub

सन्दीप आवद्ध टिम जमैकाको सीपीएलमा छैठौँ हार


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा छैठौँ हार बेहोरेको छ ।

यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको जमैका लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्ससँग ११ रनले पराजित भयो ।

सोमबार बिहान सम्पन्न खेलमा जितका लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो ।

जमैका ओपनर ग्लेन फिलिप्सले ३६ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४९ रनमा आउट भए । उनलाई जाहिर खानले १२औं ओभरको चौथो बलमा बोल्ड आउट गरे ।

जमैका ओपनर ग्लेन फिलिप्स र जर्मेन ब्ल्याकवुडले पहिलो विकेटका लागि ११.४ ओभरमा ८४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपनि तल्लोक्रमका ब्याट्सम्यान चल्न नसक्दा जमैका पराजित हुन पुगेको हो ।

त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको जुक्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनायो ।

जुक्सका नाजिबउल्लाह जद्रानले २५ बलमा १ चौका र ३ छक्का सहित सर्वाधिक ३५ रनको योगदान दिए । रोश्टन चेश ३६ बलमा १ चौका र १ छक्का सहित ३२ रन अविजित रहे ।

चौथो ओभरको अन्तिम बलमा स्पिनर मुजिब उर रहमानले मार्क डियाललाई ग्लेन फिलिप्सबाट १३ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए ।

सातौं ओभरको दोस्रो बलमा आन्द्रे फ्लेक्चरलाई कार्लोस ब्रेथवेटले जर्मेन ब्ल्याकवुडबाट १ रनमा क्याच आउट गराए ।

आठौं ओभरको अन्तिम बलमा सन्दीपले ओपनर रहकीम कर्नवाललाई ३२ रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । कर्नवालले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

१०औं ओभरको चौथो बलमा स्पिनर विरसामी पेरुमलले मोहम्मद नाबीलाई मुजिबबाट २ रनमा क्याच गराउँदै ६३–४ को अवस्थामा पुर्याए । पाँचौ विकेटका लागि जद्रान र चेशले ६१ रनको महत्पूर्ण साझेदारी गरेका थिए ।

सन्दीप लामिछानेले ४ ओभरमा १ मेडन सहित २० रन खर्चेर १ विकेट लिए । मुजिब उर रहमानले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । फिडेल एडवार्ड्स, कार्लोस ब्रेथवेट र विरसामी पेरुमलले १–१ विकेट लिए ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ९ : २१ बजे

अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा

अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरोध

सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’

एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित