अमेरिकामा यो वर्षको अन्त्यसम्म कोरोनाका मृतक ४ लाख नाघ्ने प्रक्षेपण « Khabarhub

अमेरिकामा यो वर्षको अन्त्यसम्म कोरोनाका मृतक ४ लाख नाघ्ने प्रक्षेपण


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  अमेरिकामा यो वर्षको अन्त्यसम्म कोरोनाका मृतक ४ लाख नाघ्ने प्रक्षेपण गरिएको छ ।

युनिभर्सिटी अफ वासिङ्टनको स्वास्थ्य संस्थानले शुक्रबार गरेको प्रक्षेपणमा कोरोनाबाट अमेरिकामा मात्रै यो वर्षको अन्त्यसम्म ४ लाख १० हजार जनाको मृत्यु हुने प्रक्षेपण गरेको हो ।

यो संख्या हाल भइसकेको मृत्यु संख्याभन्दा दोब्बर हो। यसैगरी अमेरिकीहरूले महामारी विज्ञहरूले दिएको सुझाव अनुसार मास्क लगाएको खण्डमा मृत्यु संख्या ३० प्रतिशतले कम गर्न सकिने उसको दाबी छ ।

ह्वाइट हाउसको कोरोना भाइरस टास्क फोर्सलेसमेत मानेको इन्स्टियूट अफ हेल्थ मेट्रिकस एण्ड इभ्यालुएसन मोडलले प्रक्षेपण गरिएको मृत्यु संख्या आगामी दिनमा हाल भइरहेको मृत्यु भन्दा तेब्बर हुने देखाएको छ।

हाल यो संख्या प्रतिदिन औषत ८ सय ५० छ। संस्थाले आवधिक गरेको पूर्वानुमानले डिसेम्बरमा मृत्यु संख्या प्रतिदिन ३ हजार नजिक पुग्ने बताएको छ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  १० : १३ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क