बाबुराम भट्टराईलाई सूर्य थापाको प्रश्न- ‘तपाईँ पूर्वप्रधानमन्त्री कि गाली शिरोमणि ?’ « Khabarhub

बाबुराम भट्टराईलाई सूर्य थापाको प्रश्न- ‘तपाईँ पूर्वप्रधानमन्त्री कि गाली शिरोमणि ?’


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको चर्को आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले भट्टराईलाई ‘देशको प्रधानमन्त्री भइसकेको सम्मानित व्यक्ति हो कि गाली शिरोमणि ?’ भनेर प्रश्न गरेका छन् ।

थापाले निर्वतमान अर्थमन्त्री युवराज खतिवडाबारे गरेको टिप्पणीको भाषा शैलीलाई भट्टराईको सामाजिक मर्यादा र शिष्टतामाथि प्रश्न उठाएका छन् ।

थापाले सामाजिक सञ्जाल फेसबुकमा ‘सामाजिक मर्यादा र शिष्टता पोलेर खाएको पूर्वप्रधानमन्त्रीको एक लज्जास्पद टिप्पणी !’ भन्दै प्रश्न उठाएका छन् ।

‘डा. बाबुराम भट्टराई देशको प्रधानमन्त्री भइसकेको सम्मानित व्यक्ति हो कि गाली शिरोमणि ? यस ट्वीटमा प्रयोग गरेका केही भाषा, गालीगलौज र सन्तुलन गुमाएको जस्तो अभिव्यक्तिबाट के बुझ्ने ? के सिक्ने ? के अनुशरण गर्ने ?’, थापाले भटटराईप्रति आक्रोश व्यक्त गरेका छन् ।

उनले विगत तीन बर्षसम्म अर्थमन्त्री हुँदा डा.युवराज खतिवडाका राम्रा कामको पक्षपोषण महासयले कहिले गर्नुभएको थियो र अहिले उहाँ त्यस जिम्मेवारीबाट विदाइ हुँदा गोहीका आँसु झारेजस्तो गर्नु र रूवाबासीको नक्कली नाटक प्रदर्शन गर्नु ? भन्दै भट्टराईलाई जवाफ फर्काएका छन् ।

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखा जुधाएर र सामुन्नेमा उभिएर यसो भन्न सक्नुहन्छ ? भन्दै चुनौतीसमेत दिएका छन्।

थापाले केपी शर्मा ओली निरंकुश राजतन्त्रविरूद्ध गोलघर, जेल र सेलमा १४ बर्ष जेल बसिरहँदा तपाईं ‘फण्डिङ पीएचडी गर्दै हुनुहुन्थ्यो, अहिले त्यही फण्डिङको ऋण चुक्ता गर्दै हुनुहन्छ कि नुनको सोझो मात्रै ?’ भने जवाफ माग गरेका छन् ।

विप्पा सम्झौता गरेर जुवा खेलें भन्ने आफ्नै कार्यशैली सम्झिन, न्यूयोर्क टाइम्सले २०७० सालमा ‘एसियाकै भ्रष्ट महिला’ भनेर विशेष खोज रिपोर्ट प्रकाशित गरेको समेत बिर्सनुभयो ? भन्दै उहाँसँग तपाईंको के सम्बन्ध ? भनेर थापाले सोधेका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले युवराज खतिवडा अर्थमन्त्रीबाट बिदा भएपछि ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन ! न रुनु न हाँस्नु भन्दै ट्वीट गरेपछि थापा रूष्ट हुँदै उनको चर्को आलोचना गरेका हुन् ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  १० : ४७ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क