चितवनमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

चितवनमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ४३ जनामा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ३० जनामा गरी ७३ जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालले एक विज्ञप्ती मार्फत भदौ २१ गते परीक्षण शुरु गरिएका ४०५ वटा स्वाबमध्ये ४३ वटामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो । यस्तै ३६२ जनाको भने कोरोना नेगेटिभ देखिएको छ ।

नयाँ थपिएका संक्रमित मध्ये ३३ जना चितवनका छन् । यस्तै नवलपुरका ३ जना, रौतहटका २ जना,  धनुषा, अर्घाखाँची,  झापा,  पर्सा, कपिलवस्तु र सुनसरीका एकएक जना रहेको अस्पतालले जनाएको छ ।

संक्रमितमध्ये चितवनका संक्रमितहरू भरपुर अस्पतालको स्वाब संकलन केन्द्र र  पूरानो मेडिकल कलेज तथा क्वारेन्टिन स्थलमा संकलन गरिएको स्वाबमा पोजेटिभ आएको हो ।

अन्य जिल्लाका संक्रमितहरु बीपी कोइराला मेमोलियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको थियो ।

यस्तै चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका १९ सहित थप ३० जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार राति सार्वजनिक रिपोर्ट अनुसार भरतपुरका ११ जना, रत्ननगरका ६ र खैरेनीका २ जना गरी चितवनका १९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै हेटौँडाका ६ जना, वकैया, मनहरीका एक/एक जना गरी मकवानपुरका ८ जना, शुक्लागण्डकी र भानुका एक/एक जना गरी तनहुँका २ जना तथा नवलपुर देवचुलीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  १ : ०१ बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर