धनुषामा काठको विषयमा स्थानीय र प्रहरीबीच झडप, ५ जना घाइते « Khabarhub

धनुषामा काठको विषयमा स्थानीय र प्रहरीबीच झडप, ५ जना घाइते


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा –  धनुषाको बटेश्वर गाउँपालिकामा काठ ओसार्न लागेको समूह र प्रहरीबीच झडप हुँदा ५ जना घाइते भएका छन् ।

आइतबार राति १२ बजेतिर काठ ओसार पसारको विषयमा झडप हुँदा दुई प्रहरी र तीन जना स्थानीय घाइते भएको प्रहरीले जनाएको छ ।

बटेश्वर गाउँपालिका– ५ शान्तिपुरमा काठ ओसारिरहेको सूचना पाएपछि पुगेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोली र स्थानीयबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्र कुमार मिश्रका अनुसार ट्याक्टरमा सखुवाको काठ लोड गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिनेक्रममा ६०/७० जना स्थानीयबासीसँग झडप भएको हो ।

ट्याक्टरमा लोड गरिएको सखुवाको ८ थान गोलिया काठ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको र फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  २ : १८ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा, स्कटल्यान्ड बाहिरियो

काठमाडौँ – निकोला भ्लासिचले खेलको उत्तरार्धमा गरेको उत्कृष्ट गोलको मद्दतले

आज २०८३ साल असार १४ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०