अपरिचित व्यक्तिको कुटाइबाट गुल्मीमा एक जनाको मृत्यु « Khabarhub

अपरिचित व्यक्तिको कुटाइबाट गुल्मीमा एक जनाको मृत्यु


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीमा अपरिचित व्यक्तिको कुटाइबाट आज एक जनाको ज्यान गएको छ ।

पिटाइबाट इस्मा गाउँपालिका –२ हस्तिचौर निवासी २३ वर्षीय मोतीबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी  नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

हस्तिचौरको छिन्नाखोलामा होटल व्यवसाय सञ्चालन गर्दै आएका कुँवर बिहान घाइते अवस्थामा फेला परेका थिए ।

छिन्नाखोलामा कुँवर दाजुभाइ मिलेर होटल व्यवसाय सञ्चालन गरेका थिए । आइतबार बेलुकी दाजु यमबहादुरले भाइलाई होटलमै छाडेर घर गएको र घरबाट होटलमा आउँदा भाइलाई अचेत अवस्थामा रगताम्य फेला पारेको बताए ।

घाइते कुँवरको गुल्मी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो । अस्पताल ल्याउँदा मृत्यु भइसकेकाले आफूहरुले मृत्यु घोषणा मात्रै गरेको अस्पतालका डा.उत्तम पच्याले बताए ।

घटनाबारे जानकारी भएपछि  जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक पन्तको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ३ : ३५ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा, स्कटल्यान्ड बाहिरियो

काठमाडौँ – निकोला भ्लासिचले खेलको उत्तरार्धमा गरेको उत्कृष्ट गोलको मद्दतले

आज २०८३ साल असार १४ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०