नेपालमा ९७९ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) | Khabarhub Khabarhub

नेपालमा ९७९ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)

नेपालमा हालसम्म संक्रमितको संख्या ४७,२३६ पुग्यो


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

नयाँ थपिएका संक्रमित मध्ये ३३८ जना महिला र ६४१ जना पुरुष रहेका छन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदपयुरका एक जना, झापाका १६ जना, पाँचथरका ६ जना, भोजपुरका एक जना, मोरङका ३९ जना, सुनसरीका ६५ जना र सोलुखुम्बुका एक जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४४ जना, महोत्तरीका ३ जना, सप्तरीका १९ जना, सर्लाहीका २० जना र सिरहाका ४१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका २९३ जना, काभ्रेका २८ जना, चितवनका १९ जना, दोलखाका ३ जना, धादिङका ४ जना, भक्तपुरका १३ जना, मकवानपुरका ७३ जना, ललितपुरका २० जना र सिन्धुलीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३० जना, गोरखाका १८ जना, तनहुँका ६ नवलपरासी पूर्वका १६ जना, पर्वतमा एक जना, लमजुङका १५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका २ जना, गुल्मीका ८ जना, नवलपरासीका २ जना, पाल्पाका ५ जना, प्युठानका एकजना बर्दियाका ४१ जना, बाँकेका ४२ जना, रुपन्देहीका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका २ जना, जाजरकोटका एक जना जुम्लाका एक जना, दैलेखका ३ जना, सुर्खेतका १९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कञ्चनपुरका ७ जना, कैलालीका ३ जना, बझाङका एकजना र बाजुराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३० हजार ६७७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाका कारण मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ५ : ०० बजे

नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाललाई शान्तिको

एन्फा महिला लिग : एपीएफसँग बागमती क्लब फराकिलो अन्तरले पराजित

काठमाडौं– एन्फा महिला लिगको शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल

डेङ्गी निदानमा कोभिड मोडल – घरमै उपचार !

बर्सेनि खासगरी पोस्ट मनसुन (मनसुन पछिको समय) मा डेङ्गी संक्रमणबारे

मुग्लिङ-काठमाडौं सडकको दर्जन ठाउँमा पहिरो, राजधानी जोड्ने मुख्य नाका ठप्प

काठमाडौं- शुक्रबार बिहानैदेखि परेको बर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक

चाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको शुरुवात

काठमाडौं– काठमाडौंको नयाँ बसपार्कमा आज ‘चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष