काठमाडौंमा मात्र २९३ कोरोना संक्रमित थपिए, ३ महिलाको मृत्यु « Khabarhub

काठमाडौंमा मात्र २९३ कोरोना संक्रमित थपिए, ३ महिलाको मृत्यु


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा मात्र २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा पछिल्लो २४ घण्टामा थपिएका ३२६ जना संक्रमितमध्ये काठमाडौंका २९३ रहेको मन्त्रालयले जनाएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा काठाडौंमा मात्र थप ३ जना ३७, ८३ र ९० वर्षीया महिलाको कोरोनाले मृत्यु भएको छ ।

यसअघि हिजो आइतबार ७४, ६८ र ८५ वर्षीय तीन पुरुषको मृत्यु भएको थियो ।

यसअघि आइतबार (हिजो)  काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना गरी जम्मा ३५४ जना संक्रमित थपिएका थिए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १७३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३० हजार ६७७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाका कारण मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ५ : १३ बजे

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन