काठमाडौंमा मात्र २९३ कोरोना संक्रमित थपिए, ३ महिलाको मृत्यु « Khabarhub

काठमाडौंमा मात्र २९३ कोरोना संक्रमित थपिए, ३ महिलाको मृत्यु


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा मात्र २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा पछिल्लो २४ घण्टामा थपिएका ३२६ जना संक्रमितमध्ये काठमाडौंका २९३ रहेको मन्त्रालयले जनाएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा काठाडौंमा मात्र थप ३ जना ३७, ८३ र ९० वर्षीया महिलाको कोरोनाले मृत्यु भएको छ ।

यसअघि हिजो आइतबार ७४, ६८ र ८५ वर्षीय तीन पुरुषको मृत्यु भएको थियो ।

यसअघि आइतबार (हिजो)  काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना गरी जम्मा ३५४ जना संक्रमित थपिएका थिए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १७३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३० हजार ६७७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाका कारण मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ५ : १३ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी