नेप्सेमा दोहोरो अङ्कको गिरावट | Khabarhub Khabarhub

नेप्सेमा दोहोरो अङ्कको गिरावट


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारेबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । अघिल्लो साता लगातार उकालो लागेको बजारमा कारोबार मापक नेप्से यस साता भने लगातार ओरालो लागिरहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १२..१७ बिन्दुले घटेर एक हजार ४८७.८१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५५ ले घटेर २९८.६४ मा पुगेको छ । कूल १९२ कम्पनीको ५५ लाख ९५ हजार ५५१ कित्ता शेयर रु दुई अर्ब १६ करोड ४९ लाख ३० हजार २१४ मूल्यमा खरिद बिक्री भए ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरोलो लागेको छ ।

व्यापार २२.९६, वित्त ०.३, अन्य ३.७९ र लघुवित्त १.१५ बिन्दुले बढेको छ । यस्तै बैंकिङ १७.३६, होटल २.५६, विकास बैंक १५.५८, जलविद्युत् ३.५३, निर्जीवन बीमा ४६.७६, उत्पादन १७.६८, जीवन बीमा ९२.५४ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले घटेको छ ।

कारोबारमा आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड ४० लाख ३७ हजार ६९ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै नागरिक लगानी कोष रु १५ करोड ६३ लाख तीन हजार ५६९, नेको इन्स्योरेन्स रु नौ करोड तीन लाख १९ हजार ९२७, एनएमबी बैंकको संस्थापक शेयर रु आठ करोड ८२ लाख चार हजार ८८०, नेपाल लाइफ इन्स्योरेन्स कम्प्नी रु आठ करोड २४ लाख ९५ हजार ६४ र शिवम् सिमेन्ट रु सात करोड ५४ लाख ९४ हजार ८२५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै, उन्नती सहकार्य लघुवित्त ९.९१, यूनिभर्सल पावर कम्पनी ९.८७, जोशी हाइड्रोपावर ८.८६, नागरिक लगानी कोष ७.९४ र आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.३३ प्रतिशतले कमाए ।

त्यस्तै, एनआरएन इन्फ्रास्टकचर ९.९२, घलेम्दी हाइडङो ६.८५, हिमालयन पावर पार्टनर ५.८८, अरुण काबेली पावर ५.०८ र एआइबिएल प्रगति फण्डका लगानीकर्ताले ३.८५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ६ : २१ बजे

मुस्ताङका फल्याक र धार्काजुङमा सिँचाइको अभाव

मुस्ताङ– वारागुङ मुक्तिक्षेत्र–५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँलाई कृषिको

हेवा खोलामा बाढी आउँदा मेची राजमार्ग अवरुद्ध

फिदिम – अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची

नीलबाराही मन्दिर संरक्षणमा स्थानीय

भक्तपर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ स्थित नीलबाराही मन्दिर संरक्षण गर्न पहल

दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ

पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता

पर्वत – गएरातिदेखिको अविरल वर्षाले पर्वतमा पहिरोले घर पुरिँदा एक