नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट एक पत्रकारको मृत्यु « Khabarhub

नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट एक पत्रकारको मृत्यु


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट एक जना पत्रकारको मृत्यु भएको छ ।

कपिलवस्तुमा रहेर पत्रकारिता क्षेत्रमा दुई दशक बढी समयदेखि क्रियाशील उनको सोमबार दिउँसो निधन भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना व्यवस्थापन सम्पर्क व्यक्ति कुमार थापाले जिल्लाका एक जना पत्रकारको मृत्युपछि कोरोना पुष्टि भएको खबरहबलाई बताए ।

“हाम्रो जिल्लामा एकजना कोरोना संक्रमित ६० वर्षका पत्रकार को मृत्यु भएको छ,” थापाले खबरहब सँग भने, “आज दिउँसो २ बजे कपिलवस्तु अस्पतालमा मृत्यु भएको थियो, मृत्युपछि बेलुका ५ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आयो ।”

कोरोना परीक्षणका लागि १० दिन अघि स्वाब लिइएकोमा आज साँझ उनको रिपोर्ट पोजेटिभ आएको हो । उनी मधुमेह, उच्च रक्तचाप र मिर्गाैला रोगबाट पीडित थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ९ : २३ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ