फेसबुकले हटायो ट्रम्पका स्ट्याटस « Khabarhub

फेसबुकले हटायो ट्रम्पका स्ट्याटस


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादस्पद स्ट्याटसलाई फेसबुकले डिलिट गरेको छ ।

मंगलबार राष्ट्रपति ट्रम्पले कोरोनाभन्दा अमेरिकामा हुने सिजनल फ्लू खतरनाक भएको भन्दै लेखेको स्ट्याटस फेसबुकले हटाएको हो । उक्त सूचनाले ‘मिसलिड’ गर्ने भन्दै फेसबुकले हटाइदिएको हो ।

ट्रम्पले पोष्टले फेसबुकको कोभिड-१९ को मिसइन्फर्मेसन सम्बन्धी नीति उलंघन गरेको बताउदै हटाइएको फेसबुकका प्रवक्ता एन्डी स्टोनले जानकारी दिएका छन् ।

आफै कोरोना संक्रमण भएर ठीक हुनेक्रममा रहेका राष्ट्रपति ट्रम्पले आफ्नो स्ट्याटसमा लेखेका थिए,’फ्लूको सिजन आउँदै छ । भ्याक्सिन हुँदा पनि हरेक बर्ष एक लाख भन्दा बढी फ्लूबाट मर्ने गर्दछन् । के हामीले देश बन्द गर्ने ? होइन, हामीले यससँग बाँच्न सिक्नुपर्छ । जसरी हामीले कोभिडसँग बाँच्न सिक्दै छौं, धेरै जनसंख्यामा यो कम प्राणघातक छ ।’

यसअघि अगस्टमा पनि फेसबुकले ट्रम्पको स्ट्याटस हटाएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ६ : ०६ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले